काठमाण्डौ । नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा चौथो संशोधन गरिएको छ।

राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ मा चौथो संशोधन गरेको हो। अब सोहीअनुसार गर्न गराउन इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले आज एक सूचना जारी निर्देशन दिएको छ। 

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा गरी ३ प्रकारका पुनरकर्जा सुविधा दिँदै आएको छ। संशोधित कार्यविधिअनुसार पुनरकर्जाको ब्याजदर बढेको छ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाअन्तर्गत बैंकले ग्राहकसँग लिने ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याइएको छ। राष्ट्र बैंकले बैंकहरुसँग लिने ब्याज भने २ प्रतिशतबाट ४ प्रतिशत पुगेको छ। 

विशेष पुनरकर्जाअन्तर्गत बैंकले ग्राहकसँग लिने ब्याज ३ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ। राष्ट्र बैंकले बैंकसँग लिने ब्याज १ प्रतिशतबाट बढेर २ प्रतिशत पुगेको छ। 

यसैगरी साधारण पुनरकर्जाअन्तर्गत बैंकले ग्राहकसँग लिने ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले बैंकसँग लिने ब्याज भने ३ प्रतिशतबाट बढेर ५ प्रतिशत पुर्याइएको छ। 

 

विशेष पुनरकर्जामा यसअघि कुनै कर्जा विशेषलाई छुट्टै पुनरकर्जा दर तोकिएको अवस्थामा सोही दर लागू हुने व्यवस्था गरिएको छ। 

नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा चौथो संशोधन हेर्नुहोस्–