काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो। शिवाकोटी यसअघिका डेपुटी गभर्नर हुन्। उनी यसअघि गभर्नरमा पनि सिफारिस भएका थिए।
आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए।
श्रीराम पौडेल र रामजी रेग्मी अवकाश भएपछि दुई सञ्चालक पद रिक्त थियो।
स्थानीय तह चुनावअघि नै सञ्चालकमा शिवाकोटी र आचार्यको नाम सिफारिस गरिएको थियो। तर निर्वाचन आयोगले स्वीकृति प्रदान गरेपछि दुवैको नियुक्ति रोकिएको थियो।
23 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago