काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नमाथि कारबाही गर्ने पुनः चेतावनी दिएको छ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै पुनः यस्तो चेतावनी दिएको हो। नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले कुनै पनि प्रकारका भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्स (स्टेबलक्वाइन्ससहित), पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड कारोबार गरेको वा गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङसम्बन्धी कार्य गर्ने तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकले यो सूचना प्रकाशन गरेको हो।
यसअघि पनि राष्ट्र बैंकले क्रिप्टोको कारोबार तथा व्यवसाय गैरकानुनी रहेकोबारे ३ पटक सार्वजनिक सूचना प्रकाशन गरेको यस्ता चेतावनी दिइसकेको छ।
नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा त्यस्ता क्रिप्टोको कारोबार गैरकानुनी रहेको सूचनामा स्पष्ट पारिएको छ। त्यस्ता क्रिप्टोकरेन्सी र हाइप फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवं उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिम अन्तरनिहीत हुनेसमेत सूचनामा स्मरण गराइएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago