काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।
राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै लाभांश वितरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको हो।
संशोधित व्यवस्थाअनुसार अब लघुवित्त संस्थाहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ।
यसअघिको निर्देशनमा लघुवित्त संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो।
तर, त्यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको २०७८ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था थियो।
त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो।
संशोधित निर्देशनमा यी व्यवस्थाहरु हटाइएको छ।
5 minutes ago
15 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago