काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपछि अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको निष्कर्ष निकालिएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो।
यस सर्वेक्षणअन्तर्गत राष्ट्र बैंकले गत असोज २३ गतेदेखि असोज २९ गतेसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत सम्पन्न गरेको थियो। सर्वेक्षण आएका परिणामहरु २ हजार ४० सहरी व्यक्तिको प्रतिक्रियामा आधारित छन्।
अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्ति थपिएको राष्ट्र बैंकले जनाएको छ।
सर्वेक्षणका क्रममा ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।
आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश असार २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै बढेको छ।
खाद्य र खाद्य वस्तुको सबै उपसमूह; गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह; तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश गत असारको तुलनामा घटेको छ।
त्यस्तै खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहमा १ वर्षअगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताको अंश गत असारको तुलनामा केही घटेको छ।
तीन महिनापछिको मध्य र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण गत असारको तुलनामा घटेको छ। तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ। व्यक्तिहरुले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्।
6 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago