काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फेरि ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल खरिद गरेको छ।
राष्ट्र बैंकले हिजो सोमबार बोलकबोल गरी आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ। तीमध्ये ६ अर्ब १९ करोेड ९ लाख रुपैयाँबराबरको ट्रेजरी राष्ट्र बैंकले किनेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बाँकी १३ अर्ब १५ करोड १ लाख रुपैयाँको ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरिएको छ।
केन्द्रीय बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रुपैयाबराबरको ट्रेजरी बिल जारी गरेको हो। जसमा १८२ दिने ट्रेजरीको ठूूलो अशं राष्ट्र बैंकले किनेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ट्रेजरी बिलमा अधिकतम १२ प्रतिशतभन्दा बढीको ब्याजदर (डिस्काउन्ट रेट) कबोल गरी बोलकबोलमा सहभागी भएको विभागले जनाएको छ।
२८ दिने ट्रेजरी खरिदका लागि ११ बैंक तथा वित्तीय संस्थाले २९ वटा आवेदनमार्फत ११ अर्ब १२ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। राष्ट्र बैंकका अनुसार त्यसमा न्यूनतम ८.३९९९ प्रतिशत, अधिकतम ११.९७०४ प्रतिशत र औसत ९.५३३४ प्रतिशत ब्याजदर कायम भएको छ।
यस्तै ९१ दिने ट्रेजरी खरिदका लागि १४ बैंक तथा वित्तीय संस्थाले ४३ वटा आवेदनमार्फत ४ अर्ब ८८ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। यसमा न्यूनतम १०.४८२५ प्रतिशत, अधिकतम १०.९७०० प्रतिशत र औसत १०.८३०३ प्रतिशत ब्याजदर तोकिएको छ।
त्यसैगरी १८२ दिने ट्रेजरी खरिदका लागि १७ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदनमार्फत ८ अर्ब ४४ करोड १ लाख रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। यसमा न्यूनतम १०.६८४४ प्रतिशत, अधिकतम १२.०००१ प्रतिशत र औसत ११.७५४७ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याजदर माग गरेपछि राष्ट्र बैंकले ब्याजदरलाई नियन्त्रण गर्न आफैँ खरिद गर्न सुुरु गरेको थियो। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।
7 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago