काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन्।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्। कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो।
यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत आसार २ गते प्रारम्भिक सहमतिमा तथा गत कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।
मर्जरका निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।
उक्त अनुमोदनलाई दुवै बैंकले मंसिर २३ गते दुवै बैंकका साधारणसभाबाट समेत पारित गरिसकेको छ।
48 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago