काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई सिटी एक्सप्रेस फाइनान्स लिमिटेड प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ।

केन्द्रीय बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेस्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको हो। यसअघि गत असोज २८ गते नेपाल इन्भेस्टमेन्ट बैंकले विशेष साधारणसभा आयोजना गर्दै यो फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। 

बैंकले यो फाइनान्सलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। यसको मतलब अब सिटी एक्सप्रेसका सेययधनीहरुले १०० कित्ताबराबर यो बैंकको ३० कित्ता सेयर पाउने छन्। 

सिटी एक्सप्रेसलाई प्राप्ति गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १४.३७ अर्ब पुगेको छ। सिटी एक्सप्रेसको मात्र चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ। अब बैंकको प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ।