काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंक तथा वित्तीय संस्थाप्रति पूर्वाग्रह नराखी निर्णयहरु गर्ने गरेको स्पष्ट पारेका छन्।
इकोनोमी मिडिया सोसाइटी (इम्सन)का नवनिर्वाचित पदाधिकारीहरुसँग आज राष्ट्र बैंकमा भेटघाट गर्दै गभर्नर अधिकारीले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘राष्ट्र बैंकले कुनै पनि निर्णय गर्दा कम्तीमा पनि २५ जना बसेर छलफल गरेरमात्र गर्ने गर्छ’, उनले भने।
देशको अर्थतन्त्र सुधारका लागि सञ्चार माध्यमहरुको ठूलो भूमिका हुने गभर्नर अधिकारीको भनाइ छ। ‘अर्थतन्त्रमा सुधार ल्याउन सञ्चार माध्यमहरुले प्रोत्साहन गर्ने खालका समाचारहरु प्रकासन तथा प्रशारण गर्नुपर्छ’, उनले भने।
पछिल्लो समय सञ्चार माध्यमहरुले अर्थतन्त्रलाई लिएर सत्यताभन्दा बाहिर गएर समाचार प्रकाशन तथा प्रशारण गर्दा त्यसले सबैलाई असर गरेको बताए। ‘त्यसैले सत्यतथ्य बुझेरमात्रै समाचार लेख्न म आग्रह गर्छु’, उनले भने।
गभर्नर अधिकारीले मिडियाले स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने पनि बताए।
इम्सन नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना पनि गभर्नर अधिकारीले दिएका छन्।
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago