काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज वाणिज्य बैंकहरुसँग खराब कर्जाका विषयमा छलफल गनै बैठक डाकेको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज दिउँसो ३ बजे याक एन्ड यती होटेलमा वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्ने भएको हो। खराब कर्जा बढेको, ऋण उठ्न छाडेकोजस्ता विषयमा छलफल हुने बताइएको छ।
नियमन विभागले सीईओहरुलाई ‘समसामयिक विषयमा’ भन्दै छलफलका लागि डाकेको छ। छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरुलगायतका उच्च अधिकारीहरु सहभागी हुने राष्ट्र बैंक स्रोत बताउँछ।
छलफलमा बैंकहरुको अवस्था र अभ्यासका बारेमा सुपरिवेक्षण विभागले टिप्पणी गर्नेछ। ‘त्यसपछि मात्र बैंकका सीईओहरुलाई आफ्नो धारणा राख्न दिइनेछ’, राष्ट्र स्रोतले भन्यो।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का एक अधिकारीले खराब ऋण उठ्न नसक्नु र बढ्दै जानुले देखिएका समस्यालाई समाधान गर्न राष्ट्र बैंकले लिनुपर्ने नीतिका विषयमा सीईओहरुले आफ्नो धारणा राख्ने जानकारी दिए।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago