काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।
राष्ट्र बैंकले जेठ २३ गते (मंगलबार) दुई लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको हो। यसअघि यी दुवै लघुवित्तले संयुक्त रुपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए।
यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो। दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए।
आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको संस्था हो।
यस्तै राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाहिँ काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ। यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन्।
राष्ट्र उत्थानको २६ करोड रुपैयाँ र आशा लघुवित्तको ३३ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ।
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago