काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघको बालुवाटार समितिले संविधान दिवसका अवसरमा भोलि असोज ३ गतेबाट अन्तरबैंक फुटसल टुर्नामेन्ट–२०८० आयोजना गर्ने भएको छ।
यो टुर्नामेन्ट असोज ६ गतेसम्म चल्नेछ। काठमाण्डौको हाँडीगाउँस्थित धनयन्तरी फुटसल हबमा टुर्नामेन्ट हुनेछ।
टुर्नामेन्टमा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २० महिला टिमको सहभागिता रहनेछ।
‘सबल संस्थाका लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ हुने टुर्नामेन्टको मुख्य प्रयोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। सहप्रयोजन क्रमशः माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सले गरेका छन्।
टुर्नामेन्टको लागि ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले मेडिकल सपोर्ट उपलब्ध गराउने भएको छ। टुर्नामेन्टको क्वार्टर फाइनलदेखिका खेलहरु गोल नेपाल डटबाट प्रत्यक्ष प्रसारण गरिने संघले जनाएको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
13 hours ago
14 hours ago