काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारबाट एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको छ। 

राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको हो। 'नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७' मा भएको व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन आह्वान गरिएको छ। 

पुनरकर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले माघ १२ गतेसम्म आवेदन दिनुपर्नेछ। राष्ट्रबैंकका अनुसार यस्तो पुनरकर्जा कोभिड १९ बाट अति प्रभावित, मध्य प्रभावित क्षेत्रका लागि उपलब्ध गराइनेछ। 

बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनरकर्जा र ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइने पुनरकर्जाको ब्याजदर कम्तीमा ३ देखि बढीमा ५ प्रतिशत हुनेछ। 

संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्छ। यस्तै आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंकरवित्तीय संस्था मार्फतमात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने भनिएको छ। 

यस्तै पुनरकर्जा को लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्नेछ भने आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहकरऋणी समेटिएको हुनुपर्ने तथा आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात केन्द्रीय बैंकले तोकेबमोजिम पुगेको हुनुपर्ने शर्त राखिएको छ। 

राष्ट्र बैंकले इच्छुक ग्राहक ऋणीलाई पनि आफूले सेवा लिइरहेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखामा पुनरकर्जाका लागि आवेदन दिनसमेत आग्रह गरेको छ। 

पुनरकर्जा पाउने कोभिड १९ बाट अति प्रभावित र मध्य प्रभावित क्षेत्रको सूचि यस्तो छः