काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

केन्द्रीय बैंकले पुस २७ गते पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश स्वीकृत गरेको जानकारी गराएको संस्थाले जनाएको छ। 

संस्थाले गत आर्थिक वर्षका लागि कुल २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेको छ। जसमा १९.००५६४५२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०००२९७०९३ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्।

राष्ट्र बैंकको स्वीकृपछि अब आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै लाभांश कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।