काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षका लागि यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ।
राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्त लाभांश संशोधन गर्दै कुल ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसअघि मिर्मिरे लघुवित्तले कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। यो हिसाबले यो लघुवित्त कुल लाभांश २.९४७ प्रतिशतले घटेको छ।
यसअघि मिर्मिरेले चुक्तापुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो। तर राष्ट्र बैंकले वित्तीय विवरण सुधार गरी पुनः पेस गर्न निर्देशन दिएपछि मिर्मिरले लाभांश संशोधन गरेको हो।
मिर्मिरेको हिजो मंगलबार बसेको सञ्चालक समितिले लाभांश संशोधन गर्दै अब ९.२० प्रतिशत हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.४८ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।
10 minutes ago
34 minutes ago
53 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago