काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

संस्थाद्वारा जारी सूचनाअनुसार राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको पत्र गत माघ ९ गते पठाएको हो। राष्ट्र बैंकले गणपति लघुवित्त प्रस्ताव गरेको कुल १५.७९ प्रतिशत लाभांश स्वीकृति गरेको छ।

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७९ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि अब संस्थाले आगामी वार्षिक साधारणबाट लाभांश अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ।