काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुखका रुपमा रहेका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार डा गुणाकर भट्टलाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ। यसअघि उनी अनुसन्धान विभागका प्रमुख थिए।
बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरिरहेका मुकुन्द क्षेत्री वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।
यसैगरी विकास बैंक सुपरीवेक्षण विभागबाट ऋषिकेश भट्ट सम्पति तथा सेवा ब्यवस्थापन विभागमा पठाइएको छ। विकास बैंक सुपरीवेक्षण विभागमा वित्त ब्यवस्थापन विभागका प्रदीपराज पौडेललाई ल्याइएको छ।
यसअघि सम्पति तथा सेवा विभागको नेतृत्व गरिरहेका सुमन अधिकारीलाई लघुवित्त सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ। संस्थागत योजना विभागबाट रामबहादुर मानन्धर बैंकिङ विभागमा पुर्याइएको छ।
यस्तै जनशक्ति विभाग, अनुसन्धान र राष्ट्र ऋण विभागको जिम्मेवारी क्रमशः रामु पौडेल, प्रकाश श्रेष्ठ र नरेश शाक्यलाई दिइएको छ।
गर्भनर अधिकारीले दयाराम शर्मा र तुलसी घिमिरेलाई कामु बनाउँदै विभागको जिम्मेवारी दिएका छन्। बाँकी कार्यकारीहरु यथावत छन्।
15 minutes ago
26 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago