काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी देवकुमार ढकाललाई दिइएको छ।
ढकाललाई यही चैत १० गतेदेखि लागू हुने गरी केन्द्रीय बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो। उनी राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन्।
व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका ढकालसँग बैंकका विभिन्न विभागहरुमा २५ वर्ष कार्यानुभव रहेको छ।
यसअघि कार्यकारी निर्देशक गुणाकर भट्ट राष्ट्र बैंकको प्रवक्ताका रुपमा रहेका थिए।
3 minutes ago
36 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago