काठमाण्डौ । कोभिड–१९ ले बीमा क्षेत्रमा पार्ने असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउने भएको छ ।

कोभिड–१९ सँग विश्व नै जुुधिरहेका बेला नेपालमा रहेका बीमा कम्पनीहरुलाई परेको असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले जानकारी दिए । 

समितिले राहत प्याकेज ल्याउनका लागि जीवन बीमा समूूहतर्फ सूूर्य लाइफ इन्स्योरेन्सका अध्यक्ष सूूर्यनाथ पाण्डे र निर्जीवन बीमा समूूहका तर्फबाट लुुम्बिनी जनरल इन्स्योरेन्सका कार्यकारी प्रमुुुख नूूरप्रकाश प्रधानको संयोजकत्वमा सिफारिस समिति गठन गरेको पौडेल बताउँछन् ।

‘कमिटीले आजभोलि नै राहत प्याकेज र सम्भावनाको खाका ल्याउँदैछ ।’कार्यकारी निर्देशक पौडेलले बिजशालासँग भने–‘उक्त खाका आउनेबित्तिकै बीमा समितिले छलफल गरी राहत घोषणा प्याकेज ल्याउनेछौं ।’

राहत प्याकेज घोषणामा बीमितलार्ई हित हुुने र बीमा कम्पनी पनि सहज रुपमा चल्ने हिसाबबाटै आउने जिकिर गर्दै पौडेल कमिटीको सिफारिसअनुुसार राहत प्याकेज तयार हुने बताउँछन् । 

पोलिसोहोल्डरले पोलिसीमा लिएको ऋणको ब्याजदरमा केही कटौती गर्ने, मोटर बीमाको हकमा लकडाउन अवधिभरको समय बीमा अवधिमा थप हुुनेलगायतका विषयमा प्याकेज आउनसक्ने पौडेलले बताए ।