काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको रिजालको कम्पनीले विश्वमै पहिलोपटक पाँच लेयरको रिजालको कुल ब्लो ब्राण्डका नयाँ टंकीको उत्पादन थालेको छ । 

गर्मी मौसममा पानी नतातियोस् भन्ने उद्देश्यसहित रिजालकोले इन्सल्टेड ब्लो टेक्नोलोजीका टंकी उत्पादन गरी बजारीकरण गर्दै आएको छ ।

नयाँ नयाँ किसिमले टंकी उत्पादन गर्दै आएको रिजालको कम्पनीले यो समेत ६ पटक फरक फरक प्रविधिबाट टंकीहरु उत्पादन गरिसकेको छ । 

ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै समयानुकुल नयाँ नयाँ प्रविधि अवलम्बन गरी पटक पटक नौलो प्रस्तुति सहितका उत्पादनहरु कम्पनीले नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । 

रिजालकोले नयाँ प्रविधि भित्र्याउँदा अन्य कम्पनीले त्यसको सिको गरेतापनि कम गुणस्तरका कारण सफल हुने गरेका छैनन्, रिजालको कम्पनी नै नेपालको नम्बर १ बन्न सफल भएको दाबी गरिएको छ । 

सन् १९९३ मा रिजालको कम्पनी इटहरीमा उद्योग स्थापना गरी पानी राख्ने टंकी उत्पादन गर्दै आएको थियो । सन् १९९४ मा कम्पनीले रिजालको, पोलिटेंक, सितल, पशुपति र हिमाल गरी ५ वटा ब्राण्ड र डिजाईनमा टंकीहरु उत्पादन शुरु गरेको थियो । त्यस पश्चात् सन् १९९६ मा धुलो, किरा तथा टंकी भित्र पानी पसी दुषित बनाउने समस्यालाई समाधान गर्न एशियामै पहिलोपटक गुणावाला बिर्कोको टंकी उत्पादन गरी नेपाली बजारमा ल्याएको थियो । 

सन् १९९७ मा ग्राहकहरुले आफ्नो रोजाई अनुसारका विभिन्न रंगका टंकी खरिद गर्न सकुन भन्ने उद्देश्यले नेपालमै पहिलो पटक विभिन्न आकर्षक रंगका टंकीहरु उत्पादन शुरु गरेको थियो । पुनः सन् १९९८ मा टंकीको मोटाई बढाई बढी मजबुत बनाउन थिकनेस कन्ट्रोल सिस्टमको प्रविधि भित्र्याई उत्पादन थालेको थियो । 

त्यस्तै, सन् २००१ मा गर्मीमा पानी तात्ने समस्यालाई सामाधान गर्न रोटो टेक्नोलोजी का रिजालको कुल टंकी उत्पादन थालेको थियो ।

सन् २००५ बाट रिजालको कम्पनीले आफ्नो वस्तुको उत्पादन काठमाडौंबाट समेत सुरु गरेको थियो । टंकीमा देखा पर्न सक्ने समस्याहरुको पूर्वानुमान गरी निरन्तर सुधार गर्दै आइरहेको रिजालको कम्पनीले सन् २०१६ बाट सूर्यको किरण तथा बढी गर्मीको कारणले टंकी फुट्ने समस्यालाई समाधान गर्न थ्री लेयर ब्लो टेक्नोलोजीको प्रयोग गरी उत्पादन सुरु गरी बिक्री वितरण गर्दै आएको थियो । 

कम्पनीले ‘फुटदैन जे गरे नी फुटदैन’ भन्ने नारा अनुसारकै राम्रो व्यापार भइरहेको दाबी समेत गरेको छ । 

सन् २०१९ को शुरुवात सँगै विश्वमै पहिलोपटक पाँच लेयरको इन्सल्टेड ब्लो टेक्नोलोजी अपनाई रिजालको कुल ब्लो ब्राण्डमा उत्पादन थालेको हो ।

उच्च एवं नविनतम प्रविधिहरुका टंकीहरु उत्पादन गर्नुका अलावा रिजालको कम्पनीले सि.पी.भि.सी. पाईपहरुको पनि उत्पादन गर्दै आई रहेकोमा हाल एक वर्ष नबित्दै आठ इञ्चसम्मका पि.भि.सी. र एच.डि.पी.ई. पाईप र फिटिङ्सहरुको उत्पादन थालिसकेको छ ।