काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँको कुल ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago