काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको सेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको छ। 

रिडी हाइड्रोपावर डेभलपमेन्ट र रैराङ हाइड्रोपावर डेभलपमेमेन्ट कम्पनीबीचको मर्जरपछि कायम सेयर नेप्सेमा आज सूचीकृत भएसँगै रिडी पावरको नाम सेयर कारोबारमा आउने भएको छ। 

मर्जरपछि रिडी पावरका १०० अंकित दरका कुल १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सले मर्जरपछि बनेको नयाँ कम्पनीलाई ‘आरआईडीआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने ७०८.६० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यी दुवै कम्पनी १ः०.९३ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन्।