काठमाण्डौ । नाटकले दर्शक समक्ष छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ। 

प्रदेश नं. २ को ८ वटा जिल्लाको विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाँउमा प्रस्तुत गरिएको छ । हालसम्म प्रदेश नं. २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानि र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा दिनमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न गरियो। 

यो नाट्य यात्रामा प्रस्तुत गरिएको रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको छ। यस नाटकमा प्रस्तुत गरिएको विषयवस्तुको नाटकियतामा दर्शकहरु मनोरञ्जन लिनुको साथसाथै आफनो भविष्यमा निर्माण हुने भौतिक संरचनामा प्रयोग हुने सबभन्दा महत्वपूर्ण पाटो सिमेन्ट प्रयोग गर्दा सचेत रहने विश्वास गर्न सकिन्छ। 

यस नाटकको नाम पनि सचेत राखिएको छ । यस नाटकमा दर्शकलाई भेला गराउन शुरुमा मैथिली नृत्य, मैथिली लोक गीतहरू प्रस्तुत गरी जनचेतनामूलक कार्यक्रम समापन गरियो।