काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन बिहीबारसम्म झन्डै ३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि हिजो वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो।
कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछ।
सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख २१ हजार ८४४ आवेदकबाट ७३ लाख ३१ हजार ४०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.८९ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ। सीडीएससीको ‘मेरो सेयर’ बाट पनि आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ । यस अवधिसम्म मागबमोजम आवेदन नपरेको खण्डमा यो आईपीओमा जेठ ११ गतेसम्म आवेदन दिन पाइनेछ।
रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत १० गते निष्कासन अनुमति दिएको थियो।
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago