काठमाण्डौ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दीपावली तथा छठको पावन अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ। 

भोलि असोज १० गतेबाट realmecampaigns.com मा सुरु हुने यो अफरमा उपभोक्ताले स्मार्टफोन, टीभी, वासिङ मसिनलगायत अन्य थुप्रै आकर्षक उपहार जित्न सक्नेछन्।

सन् २०२२ को दोस्रो चौमासिकको सर्वेक्षणअनुसार नेपालकै सर्वोत्कृष्टमध्ये तेस्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरुमार्फत उपभोक्तालाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ।

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सधैँ नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताले पनि यसलाई मन पराइरहनुभएको छ। यो माया र साथका लागि हाम्रा उपभोक्तालाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँँहरुका लागि पनि हामीले हाम्रा तर्फबाट केही विषेष उपहारहरु दिन गइरहेका छौँ। हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले उहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ।’

यस योजनाअन्तर्गत असोज १० गतेदेखि कात्तिक १४ गतेसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ता छानिनेछन्। यस योजनामा सहभागी हुनका लागि realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, आफूले खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर र मोडल नम्बरजस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ। यसरी छानिएका विजेतामध्ये हरेक हप्ता २ जनाले रियलमी सी ३० स्मार्टफोन जित्न सक्नेछन् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिङ मसिन र ६५ इन्चको ४के टीभी जित्न सक्नेछन्।

यो अफर असोज १० गतेदेखि कात्तिक १४ गतेसम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरिज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जीटी सिरिजलगायत सबै रियलमी स्मार्टफोनमा लागू हुनेछ।