काठमाण्डौ । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हँुदै गएको छ। 

यसै सन्दर्भमा भक्तपुरनिवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसि उपहारस्वरुप प्रदान गरेका छन्। जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधासमेत समावेश गरिएको छ। 

प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवं एमडीआरटी सदस्य बबिब दुवालले जन्मोत्सवका बीच बीमा पोलिसि हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन्। 

जीवन बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसी लिएकोमा दुवाल परिवारलाई बागमती प्रदेश प्रमुख मदन विष्टले बधाइ एवं धन्यवाद दिए।