काठमाण्डौ । आइएमई पेमा रिया मनी ट्रान्सफरमार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु. १०० बोनस पाउने भएका छन्।

आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई रु. ५० बोनस दिँदै आएकोमा सो बोनस रकम बढाएर रु. १०० दिने निर्णय गरिएको हो।

अब अमेरिका, युरोप, क्यानाडा, मलेसिया, कतार, यूएई, कुवेत, बहराइनलगायत विश्वको जुनसुकै स्थानबाट रिया मनी ट्रान्सफरलगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वर्ल्डवाइड क्यास एक्सप्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० बोनस पाउनेछन्।