काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा अधिकांश जीवन बीमा कम्पनीको वित्तीय स्वास्थ्य सकारात्मक देखिएको छ । धेरै नयाँ जीवन कम्पनीको थपिएको यस वर्ष माइकोफाइनान्स कम्पनीको नाफामा कमी आइरहेका बेला जीवन बीमा कम्पनीको भने वित्तीय अवस्था सन्तोषजनक नै मान्नुपर्ने सम्बन्धित कम्पनीको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरणमा देखिएको छ ।
 
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा रिलायन्स इन्स्योरेन्सले १० करोड ६० लाख खुद मुनाफा आर्जन गरको छ । अघिल्लो त्रैमाससम्ममा कम्पनी ६ करोड ५४ लाख नाफामा थियो । सेवा शूरु गरेको छोटो अवधिमा कम्पनीको राम्रो वित्तीय गतिविधि सञ्चालन गरेको देखिएको छ । 

कम्पनीले हालसम्म २ अर्ब २ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरको छ । बीमा कोष खडा नगरेको कम्पनीले ५ सय ७०  वटा बीमालेख जारी गरेको छ ।


कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोडको रहेको छ भने जगेडा कोषमा १० करोड ६० लाख रहेको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने छ ।

 

उता प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले भने तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८७ लाख नाफा आर्जन गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७२ लाख नाफा आर्जन गरेको थियो । यसरी हेर्दा पछिल्लो त्रैमासमा कम्पनीले उल्लेख्य प्रगति हासिल गर्न नसकेको देखिएको छ । 


कम्पनीले ३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरको छ । कम्पनीले  ६ सय १५  वटा बीमालेख जारी गरेको छ । जीबन बीमा कोषमा २ करोड ३ लाख रुपैया रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड छ भने ४ करोड ९० लाख जगेडा कोषमा सुरक्षित छ ।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न कम्पनीले चाँडै आइपीओ सार्वजनिक गर्ने योजना बनाएको छ ।