काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओको रिजल्ट निकै ढिलो मात्र प्रकाशन भएको छ । 

सेयर निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार डेटा धेरै भएकोले त्यसको व्यवस्थापन गर्ने क्रममा आइपीओको रिजल्ट तयार हुन समय लागेको हो । 

यो कम्पनीको आइपीओका लागि आवेदन दिएका सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ । 

आइपीओमा ५ लाख ८७ हजार ५०९ जनाले दिएको आवेदन सदर भएको छ । सदर आवेदनमध्ये ५ लाख ६७ हजारले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी २० हजार ५०९ ले सेयर नपाएका हुन् । 

यो आइपीओ खरीदका लागि आवेदन दिएका १ हजार ९५५ जनाको आवेदन विविध कारणले रद्ध भएको छ । 

रिलायन्सले ५६ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा ५ लाख ८९ हजार ४६४ जना आवेदकले २ करोड २९ लाख २६ हजार १० कित्ताका लागि आवेदन दिएका थिए।

रिलायन्सको आइपीओ भदौ ४ गते निश्कासन भई ८ गते बन्द भएको थियो । यो कम्पनीको आइपीओमा मागभन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो । 

आइपीओ रिजल्ट यसप्रकार छ: