काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएको सदर आवेदकमध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार गरेको प्रिअलोटमेन्टका क्रममा यस्तो नतिजा आएको हो । 

आइपीओमा ५ लाख ८७ हजार ५०९ जनाले दिएको आवेदन सदर भएको थियो । सदर आवेदनमध्ये ५ लाख ६७ हजारले १० कित्ताको दरले सेयर पाउने र बाँकी २० हजार ५०९ ले सेयर नपाउने भएका हुन्। 

यो आइपीओ खरीदका लागि आवेदन दिएका १ हजार ९५५ जनाको आवेदन विविध कारणले बद्धर भएको थियो । 

निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ एकदुई दिनमै बाँडफाँड हुने भएको छ ।

रिलायन्सले ५६ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा ५ लाख ८९ हजार ४६४ जना आवेदकले २ करोड २९ लाख २६ हजार १० कित्ताका लागि आवेदन दिएका थिए।

रिलायन्सको आइपीओ भदौ ४ गते निश्कासन भई ८ गते बन्द भएको थियो । यो कम्पनीको आइपीओमा मागभन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो ।