काठमाण्डौ । रिलायन्स लाइफ इस्योरेन्स कम्पनीले व्यतीत बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतीत सबै बीमालेख मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

विलम्ब शुल्कमा शत्प्रतिशत छुटको फाईदा ग्राहकले विषम परिस्थितिमा पूर्ण रुपमा लिने कम्पनीको विस्वास रहेको छ ।