काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै रिलायन्स फाइनान्स लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज बुधबार सम्पन्न भएको छ।

कम्पनीको वार्षिक साधारणसभा आज भर्चुअल माध्यमबाट सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५३ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुने नगद लाभांश रहेका छन्। 

संस्थाको हालको चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ। 

सोही सभाले बोनस सेयर जारीपछि संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने कार्यका लागि आवश्यक सम्पूर्ण क्रियाकलाप गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।