काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। जसअनुसार ५ प्रतिशत नगद लाभांशका लागि १० करोड ५० लाख रुपैयाँ र त्यसमा लाग्ने करका लागि ०.२६३२ प्रतिशतले हुने ५५ लाख २७ हजार २०० रुपैयाँ छुट्याइएको छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।