काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजबाट प्रचलनमा ल्याएको छ। 

आज आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए। यो बीमा योजनाअन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन्। यसका साथै सीमित समयका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन्। 

यो योजनामा अढाइ गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ। 

रिलायन्स लाइफको पहिलो उद्देश्य ‘उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ हो। सोहीअनुरुप ‘मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए। 

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ। यस बमिालेखमा अतिरिक्त सुविधा लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पूरक करार सुविधाहरुसमेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो बीमा योजनाका विशेषता 

  • यस योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ।
  • अन्य बीमा गराउँदा बीमांक रकमअनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छाअनुरुप तय गरिएको बीमाशुल्कका आधारमा बीमांक रकम कायम गर्न सकिन्छ। 
  • बीमा अवधिभन्दा कम समय बीमाशुल्क भुक्तानी गरी ढुक्क हुन सकिन्छ। 
  • बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन।

मृत्यु भएमा

  • यदि बीमाअवधि बाँकी रहँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्यूनतम २ गुणादेखि अधिकतम २.५ गुणासम्म रकम भुक्तान गरिनेछ।
  • यो बीमा योजाना १६ वर्षदेखि ४४ वर्ष उमेरसम्मको व्यक्तिले लिन सक्नेछन्। 
  • यो बीमा समाप्ति उमेर ६० वर्ष हुनेछ।
  • यो बीमा योजनामा बीमाअवधि १६ वर्ष र २० वर्ष हुनेछ। १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्षसम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्नेछ।
  • यो बीमा योजनाअन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ।

अतिरिक्त सुविधा

माथि उल्लेख गरिएको सुविधाहरुका अतिरिक्त यस बीमालेखमा न्यून थप बीमाशुल्क तिरेर अतिरिक्त पूरक करार सूविधाहरुमा दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरुविरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ।

कर्जा सुविधा

बीमितले यस बीमा योजनामा सहभागी भएको ३ वर्ष अवधि पूरा भई ३ वर्षको बीमाशुल्क तिरिसकेपछि  सो बीमालेख धितो राखी सर्मपण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन पनि सक्नेछन्। 

योग्यता

यो बीमा योजनामा सहभागी हुनका लागि न्यूनतम वीमा शुल्क रु. २५ हजार रहेको छ भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ। न्यूनतम र अधिकतम बीमांक रकम भने बीमाशुल्कका आधारमा तय हुनेछ।

उदाहरणका लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखि रु. १ लाख रुपैयाँ वार्षिक बीमाशुल्क ७ वर्ष सम्म रु. ७ लाख तिर्छ भने १७ लाख ५० हजार रुपैयाँबराबरको जोखिम बहन हुनेछ। बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाइ गुणा सुनिश्चित प्रतिफल रु. १७ लाख ५० हजार प्रदान गरिनेछ। थप न्यून बीमाशुल्क १४ हजार ८४० रुपैयाँ तिरेर अतिरिक्त पूरक करार सूविधाहरु दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरुविरुद्धको रक्षावरण पनि लिन पाउनेछन्।

यस योजनाले बीमितलाई उत्कृष्ट रिटर्न, त्यो पनि ग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरणसमेत गर्ने भएकाले ग्राहकका लागि योजना अतिआकर्षक रहने कम्पनीले विश्वास लिएको छ।