काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ। 

सम्झौताबमोजिम जानकी गाउँपालिकामा २०७९ साउना १ गतेपछि जन्म भएका प्रत्येक छोरीहरुका लागि वाषिक रु. ५ हजार बीमा शूल्कबराबर हुन आउने बीमांक रकमबराबरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बीमा योजनाका लागि सम्झौता भएको हो। 

सम्झौतापत्रमा मंगलबार जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दीपककुमार ओलीले हस्ताक्षर गरेका छन्। सम्झौतामा जानकी गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट नेपालगन्ज शाखाका शाखा प्रमुख कृष्णबहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति थियो। 

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक दीपककुमार ओलीले भने, ‘आजका बालिबालिका भोलिका देशका गहना हुन्। उनीहरुलाई हामीले आजैदेखि सुरक्षित गर्दै खुलेर जिउने वातावरण तयार गर्यौँ भने उनीहरुको भविष्य उज्ज्वल हुनेछ साथसाथै उनीहरुले चाल्ने हरेक पाइलामा रिलायन्स लाइफले सुरक्षाको कवचको काम गर्नेछ। यस किसिमको सम्झौता गरी नेपाल सरकारको स्थानीय तह तथा स्थानीय सरकारले एक उदाहरणीय कार्य गरेका र रिलायन्स लाइफ इन्स्योरेन्स यसमा गर्व महसुसागर्ने र आगामी दिनमा समेत नेपालको कनै पनि स्थानीय सरकारसँग हातमा हात मिलाएर जाने छौँ।’