काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी(अभिकर्ता) मा थप सेवा २४ सै घण्टा ३६५ दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ।

सो सम्पर्क केन्द्रको उद्घाटन बीमा समितिकाअध्यक्ष चिरन्जीवी चापागाईं र रिलायन्स लाइफ इन्स्योरेन्सका संचालक समिति अध्यक्ष ताराचन्द केडियाले संयुक्त रुपमा गरे । 

यो सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासा आदि कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा फोन वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एपमार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन्।

नेपालको जीवन बीमा इतिहासमा पहिलोपटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनीले बिश्वास लिएकोछ।