काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले  आइतबारदेखी औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ । सोही अवसरमा कम्पनीले नेपालमा पहिलो पटक बिषेश किसिमको बीमा योजना “रिलायबल धनपति जीवन बीमा योजना” समेत सार्वजनिक गरेको हो । यस्तै, कम्पनीले सानो बचतबाट  सजिलै करोडपति बन्न सकिने ४० वटा शाखा समेत संचालनमा ल्याउने जनाएको छ । एक बर्ष भित्र देशभर उपयोगीे बीमा ल्याउने यो कम्पनीको कर्पोरेट कार्यालय हाल  का.म.न.पा. ज्ञानेश्वरमा छ ।