काठमाण्डौ । आईपीओ जारीको मुख्य अजेन्डासहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी असार ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारणका लागि छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सोही सभाले सञ्चालक नियुक्तिको प्रस्ताव पारित गर्नेछ।
त्यस्तै सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरीक्षण प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित हुनेछन्।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago