काठमाण्डौ । आईपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८८.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय १२४.१९ प्रतिशतले बढेर ३६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १६ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।
यो अवधिमा कम्पनीले ६७ करोड ९८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १२३.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३० करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६७.३१ प्रतिशत बढेर ५१ करोड ८३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३० करोड ९७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर २ अर्ब ५८ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा १ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ६४ करोड १ लाख रुपैयाँको रिजर्भको आकार ३१.७६ प्रतिशतले बढेर ८४ करोड ३५ लाख रुपैयाँको भएको छ।
चौथो त्रैमासमा कम्पनीको नाफा ५.३९ प्रतिशतले बढेर २२ करोड ५९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा २१ करोड ४३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ३६ लाख ९ हजार ६७८ पुगेको छ। अघिल्लो वर्ष यो संख्या १७ लाख ५१ हजार ४५५ रहेको थियो।
चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६५.९६ रुपैयाँ रहेको छ।
कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले अंकितमूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर २१२ रुपैयाा प्रतिकित्ताका दरले कुल ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago