काठमाण्डौ । नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं वार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

संघको साधारणसभाले नयाँकार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो । 

संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । 

यसैगरी महासचिवमा ओम बस्नेत, कोषाध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सहकोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन् । 

निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहित संघको १९ सदस्यीय कार्य समितिमा अरुण कुमार चौधरी, किरण बगेडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलबिक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । थप ३ जना सदस्य मनोनयन हुनेछ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन भएको साधारणसभाले संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बजेट समेत पारित गरेको छ ।