काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो जना गत वर्षको यही अवधिको तुलनामा ४.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीले विद्युत बिक्रीबापत ५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबापत ५ करोड १२ लाख रुपैयाँ आर्जन गरेको थियो।

चुक्तापुँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार भने १४.९२ प्रतिशतले घटेको छ। गत वर्ष रिजर्भमा ९ करोड ३२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ७ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएसए) घटेर २९.७३ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा ईपीएस ३९.०३ रुपैयाँ रहेको थियो। पीई रेसियो ३५.१५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११७.२७ रुपैयाँ रहेको छ।