काठमाण्डौ । चर्चित अमेरिकी फास्टफुड कम्पनी म्याक्डोनल्ड रुसबाट स्थायी रुपमा बाहिरिने भएको छ।
रुसमा करिब ३० वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेको म्याक्डोनल्डले मानवीय संकट र युद्धबाट सिर्जना भएको अनिश्चित वातावरणका कारण रुसबाट स्थायी रुपमा बाहिरिने जनाएको हो। म्याक्डोनल्डले गत मार्च महिनामा रुसमा रहेका ८५० वटा आउटलेट अस्थायी रुपमा बन्द गरेको थियो। यससँगै कम्पनीले रुसमा रहेका आफ्ना आउटलेटहरु बिक्री गर्न सुरु गरेको छ।
आउटलेट बिक्री नहुुँदासम्म भने कम्पनीले ६२ हजार कामदारलाई तलब उपलब्ध गराइने जनाएको छ।
म्याक्डोनल्डले सन् १९९० मा पहिलोपटक आफ्नो रेस्टुरेन्ट सञ्चालन गरेको थियो। – एजेन्सी
16 minutes ago
27 minutes ago
36 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago