काठमाण्डौ । विश्वभर धनाढ्यको संख्या बढ्दै गएको छ। यद्यपि विभिन्न देशमा धनाढ्यहरु पलायन हुनेको संख्यामा रफ्तार देखिएको छ।
हेन्ले एन्ड पार्टनर्सको हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार धेरै देशका धनाढ्यहरुले आफ्नो देश छोडेर अन्य देशमा बस्नलाई बढी प्राथमिकता दिइरहेको स्पष्ट देखिएको छ।
प्रतिवेदनमा दिइएको तथ्यांक हेर्दा सन् २०२२ मा सबैभन्दा बढी रुसबाट बसाइँ सरेका धनाढ्यको संख्या यो वर्ष १५ हजार रहेको छ। जब कि चीनबाट यस अवधिमा १० हजार धनाढ्य बसाइँ सरेका छन्।
तेस्रो नम्बरमा भारत छ। भारतबाट यो वर्ष ८ हजार धनाढ्य पलायन भएका छन्।
कोभिड महामारीका बेला उच्च सम्पत्ति भएका मानिसहरुको देश छाड्ने योजनामा केही ब्रेक लागेको थियो। तर, अहिले फेरि धनाढ्यहरुले विदेशमा बस्ने निर्णय गरेका छन्।
रुस–चीन र भारतमात्र नभई हङकङ एसएआर, युक्रेन, ब्राजिल, मेक्सिको, बेलायत, साउदी अरेबिया र इन्डोनेसियाजस्ता देशबाट पनि धनाढ्यहरुको पलायन जारी रहेको र यसको दर बढ्दै गएको छ। हङकङका ३ हजार धनी र युक्रेनबाट २ हजार ८०० धनाढ्य पलायन भएका छन्। १ हजार ५०० धनी पलायन भएको यो सूचीमा बेलायत सातौँ नम्बरमा छ।
यसैगरी देश छाड्नेहरुको रोजाइमा यूएई, सिंगापुर र अस्ट्रेलियाजस्ता देश शीर्ष स्थानमा छन्। प्रतिवेदनका अनुसार आफ्नो देश छोडेका धनाढ्यमध्ये ४ हजार यूएई, ३ हजार ५०० अस्ट्रेलिया र २ हजार ८०० सिंगापुर पुगेका छन्।
प्रतिवेदनअनुसार सन् २०२२ मा हालसम्म विश्वभरबाट करिब ८८ हजार हाई–नेट–वर्थ व्यक्तिहरु अन्य देशमा गएका छन्। –एजेन्सी
7 minutes ago
31 minutes ago
42 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago