काठमाण्डौ । अमेरिकाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले अमेरिकाले रुसमाथिको प्रतिबन्ध अझै लम्ब्याउन सक्ने र रुसको अर्थतन्त्रमा थप असर पर्ने बताएका छन् ।

सीबीएससँगको एक अन्तर्वार्तामा दलीप सिंहले रुस आर्थिक संकटोन्मुख भइरहेको बताए। ‘रुस सन् १९८० को दशकको सोभियत जीवनस्तरमा द्रुतगतिमा बढिरहेको छ’, उनले भने। 

रुसले जारी प्रतिबन्धका कारण पहिले नै संकटको सामना गरिरहेको छ। सिंहले भने, ‘यी प्रतिबन्धहरुलाई अझै फराकिलो बनाउन र अन्य क्षेत्रलाई लक्षित गर्न सकिन्छ।’

थप बैंक र अन्य क्षेत्र प्रतिबन्धहरु समावेश गरिने सम्भावना रहेको सिंहले बताए। ‘थप प्रतिबन्धहरु धेरैजसो तेल र ग्यास क्षेत्र हुनेछ, अन्य क्षेत्रहरु पनि समेटिने सम्भावना छ’, उनले भने, ‘म यसबारे सटिक जानकारी दिन चाहन्न, मलाई लाग्छ कि पुटिनलाई ती क्षेत्र के–के हुन् भनेर थाहा छ।’ 

सिंहले यी प्रतिबन्धपछि रुसको अर्थव्यवस्था युक्रेनमाथि आक्रमणअघिको तुलनामा आधाले घट्न सक्ने अनुमान गरे। – एजेन्सी