काठमाण्डौ । भारतीय सरकारी क्षेत्रका तेल कम्पनीहरुको लाभांश आम्दानी रुसी बैंकहरुमा पश्चिमाहरुले लगाएको प्रतिबन्धका कारण फसेको छ। अब भारतीय तेल कम्पनीहरु त्यो पैसाबराबरको रुसबाट तेल किन्न प्रयोग गर्न चाहन्छन्।
भारतीय कम्पनीहरुले आफ्नो रोकिएको पैसालाई कुनै न कुनै रुपमा उपयोग गर्न सबै कानुनी विकल्प खोजिरहेका छन्।
भारतको ओएनजीसी विदेश (ओभीएल), आयल इन्डिया (ओआईएल), इन्डियन आयल कर्पोरेसन (ओआईसी) र भारत पेट्रोलियम कर्पोरेसनको शाखा भारत पेट्रोरेसोर्सको कुल ६० करोड डलर (भारु ४९ अर्ब ८३ करोड ६१ लाख २०हजार) लाभांश आय रुसी बैंकहरुमा फसेको छ। किनकि फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमणका कारण रुसको भुक्तानी च्यानलहरुमा प्रतिबन्धित गरिएको छ।
लाभांश आम्दानी भनेको कम्पनीको सेयर खरिद गरेर प्राप्त हुने रकम हो। कम्पनी नाफामा छ भने त्यो नाफाको केही अंश सेयरधनीलाई दिन्छ।
अब भारतीय कम्पनीहरुले आफ्ना रुसी साझेदारहरुसँग लाभांश आम्दानीको मुद्दा उठाएका छन्। भारत र रुसका सरकारहरु पनि यस विषयमा छलफल गरिरहेका छन्। रुस अहिले भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो।
सरकारी तथ्यांकअनुसार भारतले जुलाई महिनामा रुसबाट ३ अर्ब ३७ करोड डलरको तेल खरिद गरेको थियो।
‘सबैभन्दा व्यावहारिक विकल्प भनेको त्यो पैसा रुसबाट खरिद गरिएको तेलको भुक्तानी गर्न प्रयोग गर्नु हो’, भारतको एउटा सरकारी तेल कम्पनीका एक वरिष्ठ अधिकारीले भने, ‘तर, यसमा आर्थिक र कानुनी समस्या धेरै छन्। हामी यसको समाधान खोज्ने दिशामा काम गरिरहेका छौँ।’
कर, लेखासम्बन्धी समस्या र अन्तर्राष्ट्रिय कर क्षेत्रसँग सम्बन्धित चुनौतीका कारण लाभांश आम्दानीको रकम सीधै तेलको भुक्तानीमा प्रयोग गर्न सम्भव छैन। यद्यपि, भारतीय तेल कम्पनीहरु पनि रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरु उल्लंघन गर्न चाहँदैनन्। –एजेन्सी
27 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago