काठमाण्डौ । सहकारी विभागले १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरु तत्काल गोएमएलमा जानुपर्ने निर्देशन दिएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सोअन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि सहभागी विभागले सोमबार एक परिपत्र जारी गर्दै १० करोड रुपैयाँ बढीको कारोबार गर्ने सहकारी संस्थाहरुलाई तत्काल गोएएमएलमा दर्ता हुन निर्देशन दिएको हो। १० करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गरेका (बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी संघसंस्थालाई नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू)मा रहेको गोएएमएल सिस्टमको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भारोमेन्ट मा रजिस्टर्ड भई वेब÷एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिवेदनका विवरणहरु प्रणालीमार्फत प्रेषित गर्न विभागले निर्देशन दिएको छ।
सहकारी संस्थाहरुलाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ। निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शंकास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने हुन्छ। त्यसरी प्रतिवेदन पठाउँदा १० करोड रुपैयाँभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाले गोएएमएल सिस्टममार्फत पठाउनुपर्ने प्रावधान छ।
उक्त प्रावधान कार्यान्वयन गर्न पटक–पटक सचेत गराउँदासमेत सहकारी संस्थाहरुले अटेर गरेपछि विभागले पुनः निर्देशन जारी गरेको हो।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago