काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।