काठमाण्डौ । नेपाली बजार बिहीबार पनि सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामै १ हजार ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ पुगेको छ। 

हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

लगातार स्थिर रहँदै आएको चाँदीको भाउ आज तोलामा २० रुपैयाँ बढेर १ हजार २७० रुपैयाँ पुगेको छ। हिजो स्थिर रहँदै चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।