काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च हो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago