काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।